सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–५ बाट प्रतिबन्धित लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ का २८ बर्षीय सुवास राई रहेका छन् ।

हिजो राती ११ बजे  लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले  राईको सुत्ने कोठामा खोजतलास  गर्दा स्पासपेन–७४२ ट्यावलेट, ट्रमाडोल–७१४ क्यापसुल र टापेन–४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको हो ।

निषेधित औषधीसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्याल धरानले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।