बिर्तामोड । 

सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसरमा पत्रकार सहारा उपचार कोषलाई आर्थिक सहयोग गरेकी छिन् ।  बेहुली कृपा तथा उनका बुवा तेजप्रसाद र आमा बेदमायाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई शुक्रवार ११ हजार १११ रुपैयाँ  रकम प्रदान गरेका हुन् ।

आफ्नो बिवाहको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको बेहुली कृपाले बताइन् । झापाको कनकाई ८ लक्ष्मीपुर घर भई तेह्रथुमको आठराई ६ चुहानडाँडाका हरि पराजुलीसँग विवाह गरेकी गुरागाईंलाई महासंघको टोलीले बधाई शुभकामना समेत दिएको थियो । 

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा हाल ५५ लाख रुपैयाँ बढी जम्मा भइसकेको छ । आफूले झैं अरुले पनि विवाह, जन्मोत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार गुरागाईंले बताइन् ।