उदयपुर । 

उदयपुरको बेलका नगरपालिका–८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध गाँजाको ओसार पसार तथा कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोलीले  ४ सय केजी गाँजा सहित नीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका–७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका–१ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् । उनीहरुलाई को.१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअपसहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट प्रहरीले नगद ६३  हजार २५ रुपैँयाँ समेत बरामद गरेको छ ।

गाँजासहित पक्राउ परेका उनीहरुको बिषय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।