सुनसरी । 

सुनसरीको बर्जु  गाउँपालिका–१ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधवार राती साँढे ९ बजेको समयमा बर्जु  गाउँपालिका–१ बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २२ बर्षीय धनिलाल उरावको उपचारको क्रममा मृत्यु भएको हो ।

  घटना बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।