शिवसताक्षी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिबासताक्षी नगरका अध्यक्ष महेन्द्र भट्टराईलाई नेपाल जेसीजले महत्त्वपूर्ण जिम्मेवारी प्रदान छ। नेपाल जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी सिनेटर लालमणि भन्डारीले नेपाल जेसीजको अत्यन्तै महत्त्वको योजना जेसीज भिलेजको नेशनल को–अडिनेटरमा मनोनीत गरेका छ्न् ।
सताशिधाम जेसीज बर्ष २०१८ का अध्यक्ष भट्टराई २०२० मा नेपाल जेसीजको एनजीओ÷आईएनजिओ को–अडिनेटरमा मनोनीत भएका थिए । उनको कार्यकालमा सताशीधाम जेसीजले आफ्नो सामुदायिक कबड हल निर्माण गरेको थिए। राजनीति, समाजसेवी, संघ÷सस्थामा काम गर्न रुचाउने उनी बिकास प्रेमी नेतामा रुपमा पनि परिचित छन् । नेपाल जेसीजको महत्त्वपूर्ण कार्यक्रममा उनलाई मनोनीत गर्नु नेपाल जेसीजले उनीसँग अपेक्षा समेत राखेको देखिन्छ ।
२० हजार युवा सदस्य रहेको नेपाल जेसीजले शासन ब्यक्तिको होइन बिधि मान्दछ। यस बिषयमा भट्टराईको धारणा के छ भन्ने प्रश्नमा उनी भन्छन् ‘मलाई यति धेरै बिश्वास गरेको छ, करोडौं लगानी हामीले गरेको छौ, म नेपाल सरकार, प्रदेश सरकार रस्थानीय सरकारसँग हाम्रो कुरा राख्दै एक्टीभ सिटिजन बनाउने कुरामा लाग्छु।’


















