उदयपुर । 

उदयपुर गढी गाँउपालिका–७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ भएको टि«पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । 

उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टि«पर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा उक्त टिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । 

घाईते चारै जनालाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारको क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको उपचार भईरहेको तथा घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।