झापा । 

भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याइदै गरेको आठ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि प्रहरीले नियन्त्रण्मा दिएको छ ।

 सोमबार राती ११ ः ३० बजे झापा कचनकवल गाउँपालिका वडा नं. १ कुट्टिमा  भारतबाट नेपालतर्फ आउदै गरेका दुई जनाले प्रहरीलाई देखेर भागेपछि उक्त औषधि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

अस्थाई प्रहरी चौकी कुट्टिको प्रहरी गस्ती टोलीलाई देखी औषधिका उक्त बोराहरु सोही स्थानमा छाडेर दुबैजना फरार भएपछि प्लाष्टिकका बोराहरु चेकजाँच गर्ने क्रममा विभिन्न औषधी भञ्सार छलेर अवैध रुपमा ल्याइएको प्रहरीले जनाएको छ । 

नियन्त्रणपछि उक्त औषधी बरामद गरेर जिल्ला प्रहरी कार्यालय झापा ल्याएर आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयलाई बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।