धनकुटा ।
धनकुटाको पाख्रिवास नगरपालिका–९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ ।
सोमबार (आज) बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।