मोरङ । 

मोरङ उर्लाबारी नगरपालिका –४ आइतबारे बस्ने ३५ बर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।

हिजो बेलुका साढे ४ बजे घरयासी बिबादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो ।

हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।