झापा ।
झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ बर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए ।
चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ ।
मृतकको लाश आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।