अर्जुनधारा । 

स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले ब्रेनट्युमर उपचार्थ समिक्षा योगीलाई नगद सत्र हजार प्रदान गरेको छ ।

अर्जुनधारा –११ स्थित श्रमिकटोलमा ,बसोबास गर्दै आएकी योगी सरस्वती माबि बिर्तामोड –६ बुट्टाबारिमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।  दिनहु टाउको दुख्ने समस्या भएपछि उनलाई बी एण्ड सि हस्पिटल बिर्तामोडमा चेक जाँच गर्दा ब्रेनट्युमर भएको र तुरुन्तै अप्रेसन गर्नु पर्ने डाक्टरले सल्लाह दिएका थिए ।   

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले सामान्य औषधी खाँदै बसेको र हाल औषधि समेत खाने पैसा नभएको भन्दै आमा निर्मला योगीले आफ्नो छोरीलाई बचाइ दिन आह्वान गरेकि थिइन् ।  यसै क्रममा हाल अमेरिका बस्दै आएका अरुणकुमार डाँगी साथै बिर्तामोडका हेमलता लिम्बू, कृष्णदेबि कार्की सुनिता धिमालबाट संकलित रकम हस्तान्तरण गरिएको अध्यक्ष सामाजिक अभियान्ता गणेश डुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा जनप्रतिनिधि मोहनकुमार योगी, सामाजिक ब्याक्तित्व जगतबहादुर मगर,दधिराम उप्रेती, सुनिता धिमाल, मनमाया केशी, अभिचन्द्र बास्कोटा तिर्थ बहादुर राईलगायतले सहगोगी दाताहरुलाई धन्यवाद दिएका थिए भने कार्यक्रमको सहजीकरण रन्जित परियारले गरेका थिए ।