झापा । 

झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन् ।

आइतवार (आज) बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी निरीक्षक दलकुमार राईको टोलीले माझीको घरमा  खोजतलास गर्दा झोलामा लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

कटुवा पेस्तोलसहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।