झापा ।
झापाको मेचिनगर नगरपालिका(१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन् ।
हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट विजुलीको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको लागेर बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।