झापा ।
झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुवेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन्।
हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ(लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
घटनाका बिषयमा ईलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिहेको छ ।