मोरङ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का २४ बर्षीय दिपक दर्नाललाई १ केजी लागू औषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय केराबारीको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका–१० बगैचा टोलबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।