मोरङ । 

मोरङ जहदा गाउँपालिका –४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् ।

हिजो बेलुका पौने ७ बजे रिसिदेव घाईते अवस्थामा रहेको जानकारी पाएपछि सिमा प्रहरी चौकी पोखरियाको प्रहरी टोली ले घाईतेलाई उद्दार गरि उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएको थियो ।

घाईते रिसिदेवको उपचारको क्रममा पौने ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।