झापा  । 

झापाको मेचीनगर –१४ दुवागढीस्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । विहान करिब ५ बजेदेखि लागेको आगो निभाउने प्रयास जारी भएपनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा झापा तथा मोरङका करिब १ दर्जन दमकलले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । आगलागी नियन्त्रण आइनसकेकोले क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।