बिर्तामोड । 

शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई पुरस्कृत  गर्ने भएको छ । 

फागुन २ गते कोषको काठमाडौं दरबार मार्ग स्थित होटल याक एण्ड यतिमा हुन लागको कोषको ३४ औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक देशकै उत्कृष्टका रुपमा पुरस्कृत  गर्न लागिएको हो । 

कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई  सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मुल्याङ्कनका आधारमा संस्थालाई  पुरस्कृत गर्न  लागिएकाले संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।

संस्थाका अध्यक्ष जलकुमार गुरुङ विभिन्न सामाजिक कार्यमा सक्रिय छन् भने उनको नेतृत्वमा रहेको संस्थाले दोस्रो पठक देशकै उत्कृष्ट पुरस्कार दोस्रो पटक हात पार्न सफल भएको छ । गुरुङले संस्थालाई कुशल नेतृत्व गर्दै आएकोले दोस्रो पटक पनि पुरस्कृत हुने भएको हो ।