झापा ।
झापाको कमल गाउँपालिका–४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ बर्षीय नरबहादुर गहतराज रहेका छन् । हिजो बेलुका सवा ३ बजे पूर्वतर्फ जाँदै गरेको मे.१ च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे.६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।