झापा ।
झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पूर्व पश्चीम लोकमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बरको म्याजिक भेनले बिपरीत दिशाबाट जादै गरेको प्र १ ०१ ०१३ प ७३२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए ।
दुवै घाईतेलाई उपचारको लागिबी एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको थियो भने पछाडि सवार कृष्णको सोहि अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटना हिजो दिउसो भएको थियो । म्याजिक भेन र चालक ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ भने घटनाको बिषयमा थप अनुसमन्धान भईरहेको प्रहरीले जनाएको छ ।