सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका –७ स्थित शिवालय मन्दिर तथा बालआश्रमले स्थापना गरेको अक्षयकोषमा स्थानीय समाजसेवी देवीप्रसाद र लिला उप्रेतीले सहयोग प्रदान गरेका छन् ।
मन्दिर परिसरमा बुधवार(आज) कार्यक्रम गर्दै दाता उप्रेती दम्पतीले संस्थाका अध्यक्ष भिष्म सिटौलालाई अक्षयकोष बापतको २ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
हाल काठमाण्डौ किर्तिपुरमा बस्दै आएका उप्रेती दम्पतीले बुबाआमा स्व.धनपति र लछिमा उप्रेती (काभ्राबोटे) को स्मृत्तिमा सहयोग रकम हस्तान्तरण गरेको बताएका छन् । काभ्राबोटे उपनामले परिचित बुबा स्व.धनपति उप्रेतीले आफ्नो जीवनकालमा सामाजिक क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकालाई जीवित राख्नका लागि समेत अक्षयकोषले थप सहयोग पुग्ने विश्वास गरिएको स्व.धनपतिका कान्छा छोरा देवीप्रसादले बताए ।
स्थानीयस्तरमा रहेको शिवालय मन्दिर तथा बालआश्रमको थप व्यवस्थापन साथै संरक्षणमा सहज होस् भन्ने उद्येश्यले अक्षयकोष वृद्धिकालागि सहयोग गरेको दाता देवीप्रसाद उप्रेती जानकारी दिए । ।
संस्थामा २० लाखको अक्षयकोष बनाउँने लक्ष्यका साथ दुई वर्ष अघि मात्र स्थापना गरेको यस अक्षयकोषमा हाल सम्ममा करिव ११ लाख रुपैंया जम्मा भइसकेको संस्थाका कार्यवाहक सचिव दिपक कार्कीले जानकारी दिए ।


















