बिर्तामोड ।
टिभिएस कम्पनी अटोको आधिकारिक बिक्रेता सहारा अटो मोबाइल्स् एण्ड कम्पनीले ‘टिभिएस किङ विन्टर सर्भिस मेला’ आयोजना गर्ने भएको छ ।
सहारा अटो मोबाइल्स् एण्ड कम्पनीको प्रधान कार्यालय बिर्तामोड, दमक, उर्लाबारी र बिराटनगरमा फागुन २ देखि १६ गतेसम्म मेला आयोजना हुने कम्पनीका बिर्तामोड मेनेजर नविन गिरीले जानकारी दिए ।
मेनेजर गिरीका अनुसार मेला अवधिभर कम्पनीका प्रत्येक वर्कशपमा अटो मर्मत तथा सर्भिसिङका लागि आउने ग्राहकलाई स्पेयर पार्टस्मा १५ प्रतिशत, मोविलमा १५ प्रतिशत छुट साथै निःशुल्क लेबर चार्जको व्यवस्था रहेको छ । सो समयाधिमा आउने प्रत्येक ग्राहकलाई छुटसँगै आकर्षक उपहारसमेत प्रदान गरिनेछ ।
त्यस्तै मेला अवधिभर आउने ग्राहकहरु मध्येबाट तीन जनालाई छनौट गरी विशेष पुरस्कार प्रदान गरिने मेनेजर गिरीले बताए ।