अर्जुनधारा । 

झापाको अर्जुनधारा जेसीजले बुधवार खोलामा जिविकोपार्जनका लागि मजदुरी गर्नेलाई काम गर्न आवश्यक सामग्री प्रदान गरेको छ । अर्जुनधारा–७ स्थित विरिङ खोलामा जिविकोपार्जन गर्ने मजदुरलाई कार्य गर्न आवश्यक पर्ने तार जाली र बेल्चा वितरण गरेको हो ।

अर्जुनधारा जेसीजका बर्ष सन् २०२२ का अध्यक्ष भीमबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । 

 कार्यक्रमका विशिष्ट अतिथि अर्जुनधारा जेसिज वर्ष २०१५ का अध्यक्ष दिपीन राई,  वर्ष ०१७ का अध्यक्ष प्रल्हाद ढुंगानाले जेसीज समुहप्रती आभार प्रकट गरेका थिए । 

कार्यक्रम संयोजक भवानी बरालले मजदुरप्रतिको सद्भाव जेसीजमा भएको हुँदा अहिलेलाई २५ जना खोलामा काम गर्ने मजदुरलाई सामग्री वितरण गरिएको र नपुगेका खोला मजदुरका लागि फेरी अर्को पटक वितरण गरिने समेत जानकारी दिएका छन् ।  यता ठूलो समूहमा सहभागी मजुदरहरुलाई खोलामै आएर सामाग्री वितरण गर्ने कार्यक्रम गरि सहयोग पुर्याएकोमा मजदुर टेकबहादुर राईले जेसीजलाई धन्यवाद दिएका थिए ।

कोषाध्यक्ष बालगोपाल गौतमको जेसीज आस्था वाचन  कार्यकारी उपाध्यक्ष प्रेम खड्काले धन्यवाद व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिब बरुण कुमार माझीले गरेका थिए ।