झापा ।
‘समाजमा निःस्वार्थ समाज सेवा गर्ने’ उदेश्यले विश्वव्यापी रुपमा स्थापना भएको किवानीज क्लवले बिर्तामोडमा पहिलो पटक क्लवको स्थापना गरेको छ ।
क्लवले समाज र समुदायमा केही गरौं भन्ने लक्ष्यले विपन्न बालबालिकाको क्षमता अभिबृद्धि र स्वास्थ्यमा काम गर्दै आएको किवानीज चिल्डे«न फर्न सेक्रेटरी नेपालकी एन्जिला खड्काले जानकारी दिइन् । उनले उक्त सेवा मुलक कार्य गर्दा आत्मसन्तुष्टि र खुसी मिल्ने बताइन् । उनले क्लबले बालबालिकालाई सानै उमेरदेखि भेदभाव असमानता नगर्न र राम्रो संस्कार दिने खालका विभिन्न क्रियाकलाप गराउने गरेको बताइन् ।
किवानीज क्लव बिर्तामोडको प्रेसिडेन्टमा सिकुमसुन्दर लावती चयन भएका छन् । त्यसैगरी प्रेसिडेन्ट एलेक्ट चन्द्रकला दाहाल, भाइस् प्रेसिडेन्ट डम्बरबहादुर विश्वकर्मा, सन्ध्या मास्के, सेक्रेटरी पार्वता श्रेष्ठ, भाइस् सेक्रेटरी इन्द्रसेन तामाङ र टे«जर तिलक श्रेष्ठ चयन भएका छन् ।
मंगलबार बिर्तामोडमा भएको भेलाले पहिलो पटक किवानीज क्लव बिर्तामोडको गठन गरेको क्लबका प्रेसिडेन्ट लावतीले जानकारी दिए ।
किवानीज क्लब अफ इटहरीका प्रेसिडेन्ट होमनाथ खड्काको अध्यक्षतामा भएको कार्यक्रममा किवानीज क्लब अफ नेपालका हेड एकराज पन्तको प्रमुख आतिथ्य रहेको थियो ।