हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वार्ड नम्बर २ को पिपल चोकबाट हल्दिबारी नमुना माध्यमिक विद्यालय (स्कुल चोक) हुँदै गंगाबाँधसम्म जाने सडक कालोपत्रे गर्ने काम भईरहेको छ।
नेपाल सरकारको समपुरक अनुदान ३ करोड ५९ लाख ८४ हजार ९ सय १८ रुपैयाँ ८७ पैसा (कर सहित) मार्फत निमार्ण हुँदै गरेको सडक योजना कालोपत्रे ४ किलो मिटर लम्बाई रहेको छ । सडकको दाँयाबाँय ४ मिटर चौडाइ, ३० एम.एम. मोटार्इ, ४ किलोमिटर लम्बाइ रहने र ४ मिटर कालो पत्रे हुने प्राविधिकले जनाएक छन् । यति मात्र नभई हाल हाल्दिबारी २ का मुख्य सडकहरूको रूप फेरिदै छ ।
अत्यधिक खाल्डाखुल्डी र बर्षाको समयमा हिलाम्मे हुने सडकहरू धमाधम कालोपत्रे भईरहेको छ। भद्रपुर सगरमाथा चोकबाट हल्दीबारी हुँदै गोलधाप जाने सडक, हुलाकी राजमार्ग उतर लक्ष्मी स्कुलबाट पाराखोपी हुँदै बिर्तामोड जोड्ने सडकको अधिकांश भाग हल्दिबारी २ मा पर्छ।
खार्साङ्ग चोकदेखि अधिकारी चोकसम्म जोड्ने सडक, हल्दिबारी २ सहिद गेटबाट हल्दिबारी ५ जोड्ने शहिद मेम मार्ग जस्ता सडकहरूको धमाधम कालोपत्र भईरहेको छ।


















