ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ का ४८ बर्षिय सुर्यप्रकाश लिम्बुको मृत्यु भएको छ ।
सोमबार (आज) बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको पूहरीले जनाएको छ ।