संखुवासभा । 

संखुवासभाको खाँदवारी नगरपालिका­–९ आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

आज बिहान साँढे ६ बजेको समयमा खाँदवारीबाट सभाखोलातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ ।

घटना बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।