मोरङ । 

मोरङको कानेपोखरी गाउँपालिका –५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका –७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका–९ का २८ बर्षीय रामदेव चौधरी र  कानेपोखरी गाँउपालिका–५ का २१ बर्षीय रवि चौधरी रहेका छन् ।

हिजो शनिबार प्रहरी चौकी रमाईलोको प्रहरी टोलीले उनीहरुलाई लागू औषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।