झापा । 

झापाको मेचिनगर नगरपालिका १५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउका २५ बर्षीय मो।सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् । हिजो दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।