बिर्तामोड । 

स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले ५२ दृष्टिबिहिन घरपरिवारलाइ खाद्यान्न बितरण गरेको छ । झापा नेत्रहीन संघसग आवद्ध दृष्टिबिहिनहरुले विभिन्न स्थानमा आफ्नो गायन कला प्रर्दशन गरि गुजारा चलाउदै आएता पनि हालै चिसो बढेसँगै सो कार्य बन्द रहेकोले समस्या भएको भन्दै ३० केजी चामल, दाल, नुनलगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो ।

बिर्तामोड, भद्रपुर, सुरुङ्गा, दमक, गौरिगन्ज लगायतका ५२ घरपरिवारलाई उक्त खाद्यन्न बितरण गरिको हो । सहयोगी दाताहरु गणेश भट्टराई दुबई, मकर गुरुङ अमेरिका र इन्द्र गहतराज, बिकास श्रेष्ठ, हिमा घतानी, रिना चौधरी, हेमलता लिम्बू, कृष्ण देबी कार्की, मनोज बजगार्इ, जुगलकिशिर शहरिया लगायतबाट संकलित ५३ हजार पाँच सय २० रुपैयाँ बराबरको खाद्यान्न बितरण गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, बिशेष अतिथि सामाजिक ब्याक्तित्व शेरबहादुर थापा, जगतबहादुर मगर, यशोदा बराल, दोर्णप्रसाद निरौला, सुनिता धिमाल, भोला अधिकारी अभिचन्द्र बास्कोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुङ्गानाको अध्यक्षतामा भएको खाद्यन्न वितरण कार्यक्रमको सहजीकरण महासचिव रन्जित परियारले गरेका थिए ।