सुनसरी । 

सुनसरी भोक्राहा नरसिहं गाउँपालिका –३ खुनिया पुलस्थित  पूर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर एकआपसमा ठोक्एिर आगोलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् ।

 मृत्यु हुनेमा बस चालक झापा गोलधाप –१ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका –९ का २७ बर्षीय शेख फिरोज रहेका छन् । त्यस्तै दुर्घटनामा घाईते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्किदा  दुर्घटना भएको थियो । सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो । आगोलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको थियो। उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।