झापा ।
झापा बिर्तामोडको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकारिताको बद्नामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न गत बुधवार बिर्तामोडस्थित अस्पतालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले पत्रकारहरुप्रति आक्रोश पोखेका थिए ।
सञ्चार माध्यममा प्रकाशन भएका समाचारमा चित्त नबुझे न्यायका लागि विभिन्न बाटाहरु हुँदाहुँदै प्रसाईले पत्रकारलाई आक्षेप लगाउनुले सिङ्गो पत्रकारिता र पत्रकारमाथि प्रहार भएको भन्दै शुक्रबार महासंघले बिज्ञप्ती समेत जारी गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ ‘प्रकाशित÷प्रशारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशन÷प्रशारण गर्ने, सम्बन्धित सञ्चार माध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानुनी हक हुँदा–हुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति र पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्क्याएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषिउपर कारवाहीका लागि महासंघ झापा शाखा जोडदार माग गर्दछ । साथै प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहो¥याउन सम्बन्धित पक्षलाई महासंघ झापा शाखा सचेत गराउँदछ ।’
त्यसैगरी कुनै पनि सञ्चार माध्यममा आएको समाचारको विषयलाई लिएर अर्को सञ्चार माध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरीत रहेको महासंघले ठहर गर्दै पत्रकार आचारसंहिताको पालना गर्न/गराउन महासंघ झापा शाखाले सम्पूर्ण सञ्चार माध्यम र पत्रकारहरूलाई आग्रह समेत गरेको छ ।