सुनसरी । 

सुनसरीको धरान उप–महानगर पालिका(१४ बाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धारान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन् ।

  इलाका प्रहरी कार्यालय धरानको सादा पोशाकमा  प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेको हो ।

लागू औषधलेसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।