उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका(–७ स्थित नहरमा ३ बर्षीय वालकको डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन् ।
बिहीबार (आज) दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवेर अचेत अवस्थामा रहेका अधिकारीलाई उनकी आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको बिषयमा सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।