झापा ।
झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो साँझ ६ बजे प्रहरी चौकी बिर्ता बजारको प्रहरी टोलीले बिर्तामोड –४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ बर्षीय अर्वाज खानलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भगरिरहेको प्रहरीले जनाएको छ ।