बुद्धशान्ति ।

  झापाको गाउँपालिका बुद्धशान्ति गाउँपालिकाले पाँच महिनामै ५ वटा कानून बनाएको छ ।  प्रमुख प्रशासकिय अधिकृतका रुपमा बुद्धशान्ति गाउँपालिकामा सरुवा भएर आएका युवराज कट्टेल आएपछि पाँचवटा कानून बनाएका हुन् ।

स्थानीय तहहरुमा ऐन कानुन अभावका कारण  सञ्चालन गर्न गाह्रो भएपनि हाल आएर स्थानीय तहले आँफैले पर्याप्त कानून बनाएर सहज रुपमा सेवा दिदै आएका छन् ।

बुद्धशान्ति गाउँपालिकाले श्रावणयता कृषि तथा पर्यटन ऐन, खानेपानी तथा सरसफाई ऐन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऐन, प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन र फोहोरमैला व्यवस्थापन ऐन निर्माण गरिसकेको प्रमुख प्रशासकिय अधिकृत कट्टेलले बताएका छन् । 

सभावाटै पारित गरेर ५ वटा कानून तयार गरेर प्रमाणिकरण समेत गरेको बताए । तर, राजपत्रमा छाप्न भने बाँकी रहेको उनको भनाई छ । योसँगै विभिन्न दैनिक कामकाजमा आवश्यक पर्ने विषयसँग सम्बन्धीत ऐन कानुन बनाएको उनले जानकारी दिए ।