झापा । 

झापाको बिर्तामोड नगरपालिका–६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ बर्षीय बमबहादुर लेप्चा रहेका छन्।

बुधबार (आज) बिहान १० बजे पूर्वतर्फ गईरहेको बा. ०३–००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०१–१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडि सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाईते भएका थिए ।

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा बमबहादुर लेप्चाको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।