खोटाङ ।
खोटाङको रावाबेशी गाउँपालिका–५ भदौरे सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधवार (आज) बिहान ९ बजे ढुंगा बोक्न जाँदै गरेको प्रदेश २–०३–००१ त ३२९४ नम्वरको ट्रयाक्टर सडक साईडमा कोल्टे परी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रावाबेशी–५ का रोशन बिक ट्रयाक्टरबाट लड्दा चक्काले किचि घटना स्थलमै मृत्यु भएको थियो ।
ट्रयाक्टर र चालक रावाबेशी–३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















