विराटनगर ।
बैंकिंङ् कसुर मुद्धाका फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका –६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा लुकेर बसेको अबस्थामा हिजो पक्राउ गरेको हो ।
पक्राउ गरिएको उनलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको छ । प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा सम्मानित उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना भई लगत नं. ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।