झापा ।
झापाको बिर्तामोड नगरपालिका –५ पञ्चकन्या चौकबाट लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान २ सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















