झापा ।
झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन भएकोे छ । भवनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा गरेका हुन् ।
भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालिले एक करोड ३९ लाख १७ हजार पाँच सय ६४ रुपैंया ४२ पैसामापाएको थियो ।
कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रघु नन्दन गणेश र प्रतिमाकुमारी गणेशलाई सम्मान गरिएको थियो । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा=विश्वपौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा=रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीसहित विभिन्न सुरक्षानिकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


















