सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान–१९ का २६ बर्षीय जनम मगर, धरान–३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन् ।

संघिय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले उनीहरुको साथबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।