सुनसरी । 

सुनसरीको दुहबी नगरपालिका –५ दुहबीबाट लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–३ का २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी –१७ का २० बर्षीय बिमल के.सी. रहेका छन् । 

सिआरभी पोष्ट दुहबीको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनीहरुलाई लागरु औषध Spasmo Proxyvon ३२ ट्याब्लेट र Nitrogen ५० ट्याब्लेटसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।