विराटनगर ।
मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ । सवा १२ बजे मोरङ मिक्लाजुङ गाउपालिका ४ दैत्यस्थित सिरान जंगलमा खिरीको रुखमा चडेर घाँस काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धनबहादुर बिश्वकर्माको लडेर मृत्यु भएको छ ।
यसैगरी हिजै साढे १ बजे झापा मेचिनगर नगरपालिका ३ दुधे गोलाटार का ४२ बर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडेर गम्भिर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।