विराटनगर ।
झापा र उदयपुरमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । झापा कनकाई नगरपालिका –७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलालले आफैले स्टार्ट गरी अगाडी बढाउने क्रममा ट्याक्टर मुनि खेलि रहेकी उनकै २ बर्षीया छोरी आरोषि दुलाललाई किचि गम्भिर घाईते भएकी थिईन्।
घाईते बालिकाकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको छ । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टेर दुर्घटना हुँदा सवार ३ जना घाईते भएका थिए ।
घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षीय नितेष चौधरी बेलुका पौने ९ बजे जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको थियो । घाईते मृतककै बुबा ४० बर्षीय सत्यनारायण चौधरी र उनकै अर्का छोरा १२ बर्षीय निमिष चौधरीको सोही अस्पतालमै उपचार भईरहेको छ । उनीहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।