भद्रपुर । 

श्याम प्रसाईले जिल्ला कारागार झापामा रहेका महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका छन् । छोरीको जन्मदिनको अवसरमा प्रसाई कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् । 

छोरी कृष्टिना प्रसाईको २० औं जन्मदिनको अवसरमा  समाजसेवी प्रसाईले कारागारमै पुगेर सेनेटरी प्याड वितरण गरेका हुन् । 

जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरेर सामाजिक उत्तरदायित्व अन्तरगर्त महिला कैदीलाई सेनेटरी प्याड वितरण गरिएको व्यवसायी समेत रहेका प्रसाईले जानकारी दिए । उनले प्रत्येक महिला कैदीलाई १ बर्षसम्म पुग्ने गरि १२ प्याकेटका दरले ७७ जना कैदीलाई ९ सय २४ प्याकेट सेनेटरी प्याड वितरण गरेको बताए ।