झापा । 

राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित गोपाल कुमार बस्नेतलाई बीरता जेसीजले सम्मान गरेको छ । वीरता जेसीजको ४१ औं स्थापना दिवसका अवसर पारेर बिर्तामोडमा शनिवार आयोजित कार्यक्रमका बीच वस्नेतलाई सम्मान गरिएको हो । वीरता जेसीजका संस्थापक समेत रहेका बस्नेत हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट निर्वाचित भएका थिए । 

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश पौडेलले राष्ट्रिय सभा सदस्यमा निर्वाचित बस्नेतलाई सम्मान पत्र प्रदान गरेका थिए ।  वशन्त ढकालको संयोजकत्वमा भएको सम्मान कार्यक्रम वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल राष्ट्रिय सभा जस्तो सम्मानित स्थानमा झापाबाट प्रतिनिधित्व गर्दै जेसीजका संस्थापक अध्यक्ष बस्नेत निर्वाचित भएको भन्दै खुशी व्यक्त गरे । 

वीरता जेसीजका कोषाध्यक्ष दीवाकरलाल चौधरीले आस्थावाचन गरेको कार्यक्रममा सम्मानित बस्नेतको सम्मान पत्र घनश्याम चौधरीले वाचत गरेका थिए भने स्वागत कार्यकारीणी उपाध्यक्ष कुशल खतिवडाले गरेका थिए । 

कार्यक्रमको सञ्चालन महासचिव टीकाराम खतिवडाले गरेका थिए ।