मोरङ ।
मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका –४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको आरोपमा सोही होटल संचालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका –४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ बर्षीय रामवहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।
उनिहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत ८ गते ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो ।
तत्काल सो घटना फरार रहेका रामवहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते ईलाम सुर्योदय नगरपालिका ण्१२ तिनघरेमा लुकेर बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।