ईलाम ।
ईलामको रोङ गाउँपालिका–४ मा बिहीबार (आज) बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बिहान पौने ६ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार रहेका मेचिनगर नगरपालिका–४ झापाका ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्यवहादुर थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलले घाईते भएका पिकअप चालकलाई उपचारको लागि बीएण्डसी अस्पताल झापातर्फ पठाइएको तथा घटना बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।