बुद्धशान्ति ।
बुधबारे जेसीजले आज जेसीजका पदाधिकारीहरूलाई प्रि–इन्डक्सन तथा लोम अफिसर तालिम प्रदान गरेको छ । अम्बिसन एकाडेमी बुद्धशान्ति–२ मा आयोजित तालिममा संचारकर्मी तथा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष अनिल वाग्लेले तालिम प्रदान गरेका थिए ।
तालिममा सहभागीलाई पदाधिकारीको पदीय जिम्मेवारी, कर्तव्य, निभाउनु पर्ने भूमिका, सिकाईका आधारहरू र जेसीज इतिहासको बारेमा प्रशिक्षकले जानकारी गराएका थिए ।
अध्यक्ष मुकेश भट्टराईको अध्यक्षतमा भएको तालिममा स्वागत तालिम संयोजक गोकुल पौडेलले गरेका थिए । पूर्व अध्यक्ष रमेश बराल, नन्दकुमार याफू राईको आतिथ्य रहेको तालिममा जेसीज आस्था गजुहाङ योङहाङले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन महासचिव अर्जुन ढकालले गरेका थिए ।


















